Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

कांग्रेस अधिवेशन : पर्सामा देउवा पक्षको एकलौटी, सबैतिर संस्थापन पक्ष आउँदा पौडेल प्यानल बढारियो

कांग्रेस अधिवेशन : पर्सामा देउवा पक्षको एकलौटी, सबैतिर संस्थापन पक्ष आउँदा पौडेल प्यानल बढारियो

नेपाल पाना मंसिर १८ २०७८
  • 2.4K
    SHARES
  • कांग्रेस अधिवेशन : पर्सामा देउवा पक्षको एकलौटी, सबैतिर संस्थापन पक्ष आउँदा पौडेल प्यानल बढारियो

    वीरगंज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ स्थित पर्सामा संस्थापन अर्थात शेरबहादुर देउवा पक्षले एकलौटी नतिजा हात पारेको छ ।

    हालै सम्पन्न महाधिवेशन प्रतिनिधि निर्वाचनमा देउवा समूहले ८० प्रतिशतभन्दा बढी सफलता हात पारेको छ । चार निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई पदेन सदस्यसहित १०४ महाधिवेशन प्रतिनिधि निर्वाचित भएकोमा रामचन्द्र पौडेलले जम्मा २० जनामात्रै ल्याउन सकेको छ ।

    बाँकी ८४ जना संस्थापन समूहका प्रतिनिधि चुनिएको कांग्रेस जिल्ला निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीले जानकारी दिए । उनका अनुसार तीन निर्वाचन क्षेत्रमा चुनाव भएको थियो ।

    क्षेत्र नम्बर ४ मा भने केन्द्रीय सदस्य रमेश रिजालले क्षेत्रीय सभापतिसहित सर्वसम्मत २४ महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

    मंसिर १८, २०७८ शनिवार ०६:४१:३६ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana