Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

ईश्वर निन्दाको आरोपमा पाकिस्तानमा श्रीलंकन नागरिकलाई आगो लगाई मारियो, विश्वभर निन्दा

ईश्वर निन्दाको आरोपमा पाकिस्तानमा श्रीलंकन नागरिकलाई आगो लगाई मारियो, विश्वभर निन्दा

नेपाल पाना मंसिर १८ २०७८
  • 4.6K
    SHARES
  • ईश्वर निन्दाको आरोपमा पाकिस्तानमा श्रीलंकन नागरिकलाई आगो लगाई मारियो, विश्वभर निन्दा

    काठमाडौं । पाकिस्तानमा हिन्दु धर्म मान्ने एक विदेशी नागरिकको कुटेर हत्या गरिएको छ ।

    ईश्वरको निन्दा गरेको आरोप लगाउँदै मुसलमानहरुको समूहले पाकिस्तानमा कार्यरत एक श्रीलंकन नागरिकको हत्या गरेका हुन् । कुटेर मारेपछि उनको शरीरमा आगो लगाएर शव क्षतविक्षत बनाइएको छ । घटना हुँदा प्रहरीलाई खबर भए पनि वेवास्ता गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

    पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई कट्टरपन्थी भीडले पहिला कुटपिट गरेर शरीरमा आगो लगाएर हत्या गरेको हो ।

    सात वर्षदेखि उक्त फ्याक्टीमा काम गर्दै आएका कुमाराले तेहरिक लाब्बिक पाकिस्तान (टिएलपी) नामक संगठनको पोस्टर च्यातेको, पोस्टरमा कुरानको केही कुरा उल्लेख भएको र यसैकारण ईश्वरको निन्दा गरेको भन्दै फ्याक्ट्रीमा काम गर्नेहरू र आसपासका स्थानीयले फ्याक्ट्री भित्र पसेर उनीमाथि आक्रमण गरेर हत्या गरेको बताइएको छ ।

    पाकिस्तानमा इमरान खानको शासनकालमा हिन्दुहरु तथा अल्संख्यक समुदायमाथि निरन्तर आक्रमण बढ्दो छ । हिन्दुका घर जलाउने, चेलिबेटी बलात्कार हुँदै आज हत्यासम्मको अवस्था सिर्जना भएको छ । अल्पसंख्यकमाथि राज्यकै संरक्षणमा कतिपयमा ठाउँमा आक्रमण हुने गरेको छ । यो घटनामा पनि प्रहरी समयमै नपुगेको देखिन्छ ।

    घटनाको विश्वभरबाट विरोध भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानमा भएको यो घटनाको निन्दा गर्दै सत्य तथ्य सार्वजनिक तथा दोषीलाई कडा कारवाही गर्न आग्रह गरेका छन् । यो घटनाले इमरान खानको सरकार दबाबमा परेको छ । रक्षात्मक बनेको छ ।

    मंसिर १८, २०७८ शनिवार ०६:४७:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana