Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

प्रधानमन्त्रीको नयाँ घोषणा, कांग्रेस नेता कार्यकर्ता उत्साहित

प्रधानमन्त्रीको नयाँ घोषणा, कांग्रेस नेता कार्यकर्ता उत्साहित

नेपाल पाना मंसिर १८ २०७८
  • 16.2K
    SHARES
  • प्रधानमन्त्रीको नयाँ घोषणा, कांग्रेस नेता कार्यकर्ता उत्साहित

    काठमाडौं । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास र संमृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् ।

    शुक्रबार कांग्रेसको प्रदेश नं. १ को प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कांग्रेसको अगुवाईमा ल्याइएको स्मरण गराए ।

    कांग्रेसले नै मुलुकको विकास र समृद्धिको आधारमा तय गरेको स्मरण गराउँदै उनले पार्टी र देशको हितका लागि यो महाधिवेशनबाट कांग्रेसलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली कांग्रेसको अगुवाईमा प्राप्त व्यवस्था हो । कांग्रेसले सबै ठूलठूला परिवर्तनको नेतृत्व गर्‍यो ।

    मुलुकको विकास र समृद्धिको पूर्वाधार पनि कांग्रेसले नै खडा गरिसकेको छ,’ उनले भने, ‘यो महाधिवेशनबाट पार्टीलाई अझै बलियो बनाएर आगामी तीनै तहमा निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व हाम्रो काँधमा छ । कांग्रेसले मात्रै यो मुलुकको विकास र समृद्धिको विकास गर्न सक्छ भन्ने प्रमाणित भइसकेको छ ।’

    देउवाले महाधिवेशनबाट जनतामा मन जित्न सक्ने खालको नेतृत्व चयन गर्नुपर्ने बताए । ‘केही महिनाभित्रै स्थानीय तहको निर्वाचन र एक वर्षभित्रै संघ र प्रदेशको निर्वाचनमा जाँदैछौँ । त्यसैले यो महाधिवेशन लगत्तै हाम्रो ध्यान चुनावमा हुनुपर्छ,’ उनले अघि भने, ‘पार्टीभित्रको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिनुपर्छ । महाधिवेशन लगत्तै सबै नेता कार्यकर्ता चुनावको तयारीमा केन्द्रित हुनुपर्छ ।’

    मंसिर १८, २०७८ शनिवार १०:१०:३३ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana