Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

देउवा र ओलीको एउटै भाषण, रातारात बढायो सम्भावना

देउवा र ओलीको एउटै भाषण, रातारात बढायो सम्भावना

नेपाल पाना मंसिर १८ २०७८
  • 13.0K
    SHARES
  • देउवा र ओलीको एउटै भाषण, रातारात बढायो सम्भावना

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकैखालको सम्बोधन गरे ।

    दशौं महाधिवेशनबाट अध्यक्ष बनेर आएका ओलीले पदबहाली गर्ने क्रममा ताजा जनादेशमा गएर अहिले चल्नै नसक्ने अवस्थामा पुगेको राज्यलाई चलायमान मनाउन ताजा जानदेशमा जोड दिए । त्यसैगरी प्रधानमन्त्री देउवाले देश निर्वाचनमा होइसकेको बताए ।

    दुईपटक संसद विघटन गरेर पनि अदालतका कारण मध्यावधि चुनावमा जान नपाएका ओली र महाधिवेशनबाट आफू सभापति बनेर आफ्नो नेतृत्वमा पार्टीलाई पहिलो बनाउन महाधिवेशनपछि मध्यावधि चुनाव जाने मनस्थितिमा रहेका देउवाको कुरा मिलेपछि धेरैले अब देश साच्चिकै चुनावमा होमिएको अड्कल काटेका छन् । त्यसमाथि २८ गते संसद बोलाइनुले थप आशंका सिर्जना गरेको छ ।

    एमसीसी नागरिकता जस्ता विषय पास गराएर अन्तिम अधिवेशन हुने धेरैको आंकलन छ । एक जना पत्रकार एकराज पाठकले लेखेका छन्, ‘आज दुई घन्टाको फरकमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताले चुनावकै कुरा गर्नुभयो । आसन्न संसद अधिवेशन नै यो कार्यकालको अन्तिम हुन्छ जस्तो छ ।’

    सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् । खासगरी सरकारले एमसीसी परियोजनालाई संसदमा प्रवेश गराउन खोजेको एमाले र माओवादी केन्द्रले आशंका गरेका छन् ।

    यसका साथै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसदले महाअभियोग लगाउन सक्ने चर्चा पनि चलेको छ ।

    मंसिर १८, २०७८ शनिवार १०:३२:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ओली-देउवा

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana