काठमाडौँ। सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधनको कुरा उठाएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको समेत दाबी गरेका छन् ।
नेता भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘फेरी पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन । अहिले संसद्बाट मात्रै सबै थोक होस भनेर मात्रै हुँदैन । साङ्केतिक हुन्छ । किनभने हामी संसद्बाट पनि बोलिराखेका छौँ । सडकबाट पनि बोलकै छौँ । र सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छौँ । शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन । त्यसो गर्नका निम्ति अब हामीले चाहिँ एक ढिक्का भएर अगाडि बढौँ । त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिबद्ध ।’