Logo

बुधवार, जेठ ४ गते २०७९

images

नेपालका लागि पूर्वअमेरिकी राजदूत टेप्लिट्ज सहायक विदेशमन्त्रीमा नियुक्त

नेपालका लागि पूर्वअमेरिकी राजदूत टेप्लिट्ज सहायक विदेशमन्त्रीमा नियुक्त

नेपालपाना मंसिर १९ २०७८
  • 3.7K
    SHARES
  • नेपालका लागि पूर्वअमेरिकी राजदूत टेप्लिट्ज सहायक विदेशमन्त्रीमा नियुक्त

    काठमाडौँ। नेपालका लागि पूर्वअमेरिकी राजदूत एलाइना बि. टेप्लिट्ज अमेरिकी सहायक विदेशमन्त्री नियुक्त भएकी छिन्।  ह्वाइट हाउसले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले टेप्लिट्जलाई शनिबार सहायक विदेशमन्त्री पदमा नियुक्त गरेको जानकारी दिएको हो ।

    टेप्लिट्जले अबका दिनमा अमेरिकी विदेश मन्त्रालयमा प्रशासन ब्यूरो हेर्ने छिन्। ब्यूरोले अमेरिकी विदेश मन्त्रालय र विश्वभर रहेका अमेरिकी कुटनीतिक नियोग र महावाणिज्य दूतावासलाई प्रशासनिक काममा मद्दत पुर्‍याउँछ। 

    टेप्लिट्ज सन् २०१५ देखि २०१८ सम्म नेपालमा राजदूतको रुपमा काम गरेकी थिइन्। सन् २०१८ देखि उनी माल्दिभ्स समेत हेर्नेगरी श्रीलंकास्थित अमेरिकी राजदूत थिइन्। 

    सन् १९९१ मा अमेरिकी विदेश सेवामा प्रवेश गरेकी टेप्लिट्जले सन् २०११ देखि २०१३ सम्म अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासमा मिनिस्टर काउन्सिलर पदमा काम गरेकी थिइन्। उनीसँग मंगोलियादेखि अस्ट्रेलियास्थित अमेरिकी नियोगमा काम गरेको अनुभव छ। 

    मंसिर १९, २०७८ आइतवार १९:३१:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend