काठमाडौं। राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले निर्णायक गोल गरे । खेलको ८५ औं मिनेटमा कप्तान भरतले निर्णायक गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । यस जितसँगै आर्मीले ३ खेलमा ५ अंक जोडेको छ । आर्मी चौंथो स्थानमा उक्लिएको छ ।
ब्रिगेड ४ अंक जोडेर सातौं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच भरत खवास चुनिए ।