Logo

आइतवार, मंसिर १८ गते २०७९

सन् २०२३ लाई काश्मीर रेलवे क्यानभासको रुपमा देखिने

सन् २०२३ लाई काश्मीर रेलवे क्यानभासको रुपमा देखिने

नेपालपाना मंसिर २५ २०७८
  • 4.5K
    SHARES
  • सन् २०२३ लाई काश्मीर रेलवे क्यानभासको रुपमा देखिने

    नयाँ दिल्ली । बेलायतीहरुले सन १९८९ मा नै काश्मीरमा रेलवे ल्षउने पहिलो प्रस्ताव गरेका थिए। यद्पि त्यो कागजमै सीमित भयो। त्यसाको १२० वर्षपछि भारत सरकारको ध्यान काश्मीरतर्फ मोडिएको छ। भारतमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले काश्मीरीहरुको सपना रेलवे परियोजना साकार पार्न लागोको हो। सन् २०२३ मा काश्मीरलाइई भारतीय रेलवे क्यानभासको रुपमा देख्न सकिने छ। 

    यो परियोजना पीर पञ्जाल पर्वत शृङ्खलाको असम्भव भूभागमा गुरुत्वाकर्षणलाई बेवास्ता गर्दै भारतको सबैभन्दा अग्लो स्थानमा बनाइएको रेलवे नेटवर्क हो। यो कल्पनालाई वास्तविकता बनाउँदै भारतीय हिमाल चुचुराहरूमा ब्रोड गेजमा निर्मित एकमात्र रेलवे लाइन राखिएको हो। 

    यसले ३४५ किमीको यो रेलवे नेटवर्क भूकम्पको अति जोखिम भएको क्षेत्र र तापक्रम निकै कम भएको क्षेत्रमा परेको जनाइएको छ। कश्मीर रेलवेको डिजाइन अहिलेसम्म सामना गरेको दोस्रो सबैभन्दा कठिन इन्जिनियरिङ चुनौती रुपमा यस नेटवर्कलाई ब्याख्या गरिएको छ। 

    यो चीन तिब्बत रेलमार्गको दोस्रो स्थान हो, जसले समुद्री सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइमा सधैं जमेको जमिनलाई पार गर्दछ। हिमालयको खतरनाक भूभागले काश्मीर हुँदै जाने रेल मार्गलाई जन्म दिएको छ।

    उपत्यका १,८५० मिटर अग्लो छ, तर पीर पञ्जालको दायरा ३,००० मिटर छ। ट्र्याकबाट हिउँ हटाउन हिउँ कटर प्रणाली प्रयोग गरिन्छ। जाडो महिनाहरुमा त्यहाँको तापक्रम निकै कम हुने भएकाले रेलवेमा नै एसीको व्यवस्था गरिएको छ। 

    अश्विनी वैष्णव, केन्द्रीय रेल मन्त्रीले सेप्टेम्बर १७ मा रेल कौशल विकास योजनाको शुभारम्भ गरेका थिए। उनले इन्जिनियरहरू र प्राविधिकहरूले राष्ट्रको सपना साकार पार्न चुनौतीपूर्ण परिस्थितिहरूमा काम गरिरहेका भन्दै परियोजनामा काम गर्नेहरुको प्रशंसा गरेका थिए। 

    यस क्षेत्रको कनेक्टिभिटी राष्ट्रिय सुरक्षा, समृद्धि र सामाजिक–आर्थिक विकासका लागि अत्यावश्यक भएकोसमेत उनले बताएका थिए। रेलवेसँगै, उपत्यकामा अन्य धेरै ठूला परियोजनाहरू चलिरहेका छन्। ती सबै पहाडी भूभागहरू र खोला र साथै नदी बेसिनहरू जोड्न मिशन मोडमा सञ्चालन भइरहेका छन्।

    मंसिर २५, २०७८ शनिवार १४:३५:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जम्मू–कश्मीर

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend