Logo

मंगलवार, मंसिर १३ गते २०७९

कांग्रेसमा आफ्नो समूह फुटेपछि रोए रामचन्द्र पौडेल, आफ्नै नेता शेखर र प्रकाशमानले टेरेनन्

कांग्रेसमा आफ्नो समूह फुटेपछि रोए रामचन्द्र पौडेल, आफ्नै नेता शेखर र प्रकाशमानले टेरेनन्

नेपालपाना मंसिर २६ २०७८
  • 9.9K
    SHARES
  • कांग्रेसमा आफ्नो समूह फुटेपछि रोए रामचन्द्र पौडेल, आफ्नै नेता शेखर र प्रकाशमानले टेरेनन्

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रोएका छन् । 

    कांग्रेस महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न नपाएपछि पौडेल शनिबार आफ्नै निवास बोहराटारमा आँसुका धारा बगाउँदै भावुक बने । 

    उनले आफू सभापति हुन्छु भन्दा शेखर कोइराला र प्रकाशमान सिंहले नमानेको बताए । एक जना मिलेर बन्नुस् म सहयोग गर्छु भन्दा पनि नमानेको पौडेलले बताए । आफूले त्याग तपस्या गरेको पार्टीमा मिलाउन कोसिस गरे पनि कसैले आफ्नो कुरा नसुनेको भन्दै उनले गुनासो गरे ।  

    पौडेललाई शेखर र प्रकाशमानले नै टेरेनन् । दुबै आ-आफ्नो हिसाबले अघि बढेर सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । 

    यता सभागृहमा तामझाम सहित उम्मेदवारी दर्ताको रौनक चलिरहेको थियो । बोहोराटारमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मधुरो कांग्रेस आर्दश र मूल्यबाट च्युत भएको बताइरहेका थिए । यसविचमा अनेक अपमानजनक व्यवहार र अनेक प्रपञ्च भोगेको उनको गुनासो छ । पौडेलले यसो भन्दै गर्दा आँखामा अनायस बगेको आँशुलाई रोक्न सकेनन् । दुवै हातले आँखा पुछे ।

    मंसिर २६, २०७८ आइतवार ०८:५१:१८ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend