Logo

सोमवार, जेठ ९ गते २०७९

images

नरवणे भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ नियुक्त

नरवणे भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ नियुक्त

नेपालपाना मंसिर २६ २०७८
  • 4.3K
    SHARES
  • नरवणे भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ नियुक्त

    एजेन्सी। भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे चीफ अफ डिफेन्स स्टाफ (सीडीएस)मा नियुक्त भएका छन् । 

    प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा नियुक्त भएका हुन् ।

    रावतको निधनपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए ।

    नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ । भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ भएका छन् ।

    भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध रहेका छन् ।

    मंसिर २६, २०७८ आइतवार २०:२७:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend