काठमाडौं । भारतमा मुस्लिम धर्म त्यागेर हिन्दुमा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । केहीअघि फिल्म निर्माता एवं शिया वक्फ बोर्डका पूर्व अध्यक्ष वासिम रिजवी मुस्लिम धर्म परिवर्तन गरेर हिन्दुमा प्रवेश गरेका थिए ।
उनले धर्म परिवर्तन गरेको विषयले ठुलो तहल्का मच्चाएकै बेला केरलाका फिल्म निर्माता अली अकबर पनि हिन्दू धर्ममा प्रवेश गरेका छन् ।
खासगरी यी दुई जना चर्चामा आए पनि पछिल्लो समय मुस्लिम धर्म परिवर्तन गरेर हिन्दु धर्म अँगाल्नेको संख्या बढ्दो छ ।
शिया वक्फ बोर्डका पूर्व अध्यक्ष वसीम रिजवीले कुरान शरीफका धेरै पदहरूको बारेमा गुनासो गर्दै आएका थिए ।
उनले कुरान शरीफका ती पदहरू आजको सन्दर्भमा सही नभएको र आतंकवादलाई प्रोत्साहन गरिरहेको भन्दै ती कुराहरुलाई कुरान शरीफबाट हटाउनु पर्ने बताउँदै आएका थिए। वासिम रिजवीले यस सम्बन्धमा अदालतमा निवेदन पनि दिएका थिए, यद्यपि उनको याचिका सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।
यस्तै वसिम रिजवीले पैगम्बर मोहम्मदको बारेमा एउटा किताब लेखेका थिए । उनको त्यो पुस्तक विरुद्ध एफआईआर पनि दर्ता भएको थियो।
पुस्तक सार्वजनिक गरेको केही दिनपछि वसीम रिजवीले धेरै हिन्दू धर्मगुरुहरूबीच यज्ञ गरेर हिन्दू धर्म अपनाएका हुन् । पछिल्लो समय यी दुई चर्चीत फिल्म उद्यमीहरुले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दु धर्म अँगालेपछि व्यापक चर्चा भइरहेको छ ।