Logo

मंगलवार, मंसिर १३ गते २०७९

सन्दीपको भाग्य चम्कियो

सन्दीपको भाग्य चम्कियो

नेपाल पाना पौष १ २०७८
  • 8.1K
    SHARES
  • सन्दीपको भाग्य चम्कियो

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ ।

    टोलीका नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै पदमुक्त सहित सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिना सहभागिता नगराउने क्यानको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो । 

    यस्तै क्यानले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण २१ डिसेम्बरबाट पोखरामा गर्ने भएको छ ।  सङ्घले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता प्रदान गर्ने निर्णय गरेको छ भने पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गरेको छ । 

    पौष १, २०७८ बिहिवार ०९:४०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend