Logo

शनिवार, मंसिर १७ गते २०७९

न्यायालयको विवादप्रति सरकार सजग छ- कानूनमन्त्री बडु

न्यायालयको विवादप्रति सरकार सजग छ- कानूनमन्त्री बडु

नेपालपाना पौष ७ २०७८
  • 5.1K
    SHARES
  • न्यायालयको विवादप्रति सरकार सजग छ- कानूनमन्त्री बडु

    काठमाडौँ। बुधवार नेपाल बार एसोसिएसनको ६५ औँ बार दिवस कार्यक्रममा सहभागी कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयको विवादप्रति सरकार सजग रहेको बताएका छन् ।

    उनले भने, ‘सरकार आफ्नो भूमिका र उचित निर्णयप्रति सरकार सजग छ ।’ विकृति विसङ्गतिरहित न्यायालयको चाहाना बारको मात्र नभएर सम्पूर्ण नेपाली जनताको रहेको उनले बताए ।

    नेपाल बारका कानून व्यवसायहरुले करिब दुई महिनादेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।

    यसै सन्दर्भमा बारले बुधबार ६५ औँ बार दिवसको अवसरमा ‘विकृति विसङ्गति मुक्त न्यायपालिका बारको भूमिका’मा एक दिवसीय गोष्ठी गरेको थियो । वरिष्ठ अधिवक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

    सबै कानून व्यवसायीहरुको भनाइको मुख्य आशय न्यायलयलाई भ्रष्टाचार मुक्त बनाउन प्रधानन्यायाधीश जबराको बर्हिगमन पहिलो आवश्यकता रहेको भन्ने थियो ।

    पौष ७, २०७८ बुधवार २१:१८:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्बोच्च अदालत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend