Logo

आइतवार, मंसिर १८ गते २०७९

प्रदेश मन्त्री भन्छन्- संघले हेप्यो त्यसैले विकास भएन

प्रदेश मन्त्री भन्छन्- संघले हेप्यो त्यसैले विकास भएन

नेपालपाना पौष ९ २०७८
  • 5.0K
    SHARES
  • प्रदेश मन्त्री भन्छन्- संघले हेप्यो त्यसैले विकास भएन

    काठमाडौं । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संघीय सरकारको हेपाहामा प्रदेश सरकार परेको टिप्पणी गरेका छन् ।

    विराटनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको मानवअधिकार वर्ष पुस्तकको समीक्षा कार्यक्रममा बोल्दै मन्त्री कार्कीले माथिल्लो सरकारले तल्ला सरकारलाई हेपेकै कारण विकासले गती नलिएको टिप्पणी गरेका छन् ।

    उनले भएको कुरासमेत नदिने दिनै परे पनि ‘पखपख हेरहेर’ गरेर रोकेको आरोपसमेत लगाए । संघीय सरकारले अधिकार नदिँदा काम गर्न समस्या भएको उनको भनाइ छ । तल्ला तहका सरकारलाई अधिकार दिनबाट वञ्चित गर्ने खेलमा प्रदेश सरकार लागेको उनको आरोप रहेको छ ।

    संघीय सरकारले धेरै कानून नबनाउँदा प्रदेश सरकारले गति लिन नसकेको उनी बताउँछन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजय भोगेपछि मन्त्री कार्की देउवाप्रति खनिएका थिए । उनले केपी ओली नेतृत्व सरकारकै शैलीमा शेरबहादुर देउवा नेतृत्वको सरकार लागेको समेत बताए ।

    पौष ९, २०७८ शुक्रवार १९:१३:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश सरकार
  • # सरकार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend