Logo

आइतवार, मंसिर १८ गते २०७९

कांग्रेसमा अमरेशको अराजकतालाई परास्त गर्ने वीरेन्द्र सिंह बने प्रदेश उपसभापति, चौतर्फी खुशियाली

कांग्रेसमा अमरेशको अराजकतालाई परास्त गर्ने वीरेन्द्र सिंह बने प्रदेश उपसभापति, चौतर्फी खुशियाली

नेपाल पाना पौष १० २०७८
  • 19.0K
    SHARES
  • कांग्रेसमा अमरेशको अराजकतालाई परास्त गर्ने वीरेन्द्र सिंह बने प्रदेश उपसभापति, चौतर्फी खुशियाली

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश नम्बर २ को उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् ।

    शेखर कोइराला र विमलेन्द्र निधिका उम्मेदवारलाई पराजित गर्दै सिंह निर्वाचित भएका हुन् । प्रदेश २ का खेलकुदमन्त्रीसमेत रहेका सिंहले कांग्रेसमा गुटबन्दी गरेर अराजकता मच्चाएका अमरेश कुमार सिंहलाई परास्त गरेका थिए ।

    अमरेश सिंहले आफू महाधिवेशन प्रतिनिधि बन्न क्रियाशीलता सदस्यमा आफ्ना मान्छे पार्न जिल्लादेखि केन्द्रसम्म धर्ना तथा रिले अनसनसम्म गराएका थिए । साथै पौडेल समूहका शेखर कोइरालालाई उचालेर सभापति शेरबहादुर देउवालाई दबाब दिन लगाएका थिए ।

    त्यतिमात्र होइन वडादेखि क्षेत्रीय, जिल्ला अधिवेशनमा खटिएका निर्वाचन अधिकृतलाई कुटपिट गरेर लखेट्ने काम पनि अमरेशले गरेका थिए ।

    केन्द्रीय कार्यालय सानेपामा प्रदेश मन्त्री बीरेन्द्रमाथि हातपातको प्रयास पनि अमरेशले आफूनिकट वडाध्यक्षमार्फत गराएका थिए । यसरी पार्टीभित्र गुट चलाएर अराजकता मच्चाएका अमरेशलाई आम कार्यकर्ताको साथ पाएका लोकप्रिय नेता वीरेन्द्र सिंहले महाधिवेशन प्रतिनिधिमै परास्त गरेका थिए ।

    अमरेशलाई जिल्लाभित्र महाधिवेशन प्रतिनिधिमा परास्त गर्ने बीरेन्द्र सिंह कांग्रेस प्रदेश २ को उपसभापति निर्वाचित भएका हुन् ।

    शनिबार बिहान सम्पन्न मतपरिणामअनुसार सिंहले सर्वाधिक एक हजार १९ प्राप्त गरेर पहिलो स्थानमा विजयी भए । बीरेन्द्र सिंह प्रदेश सरकारमा पनि उल्लेख्य काम गरेर चर्चामा छन् ।

    पौष १०, २०७८ शनिवार १२:२६:५२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend