Logo

बुधवार, जेठ ४ गते २०७९

images

पाँच दलीय गठबन्धन 'राष्ट्रियसभादेखि स्थानीय र सबै निर्वाचन'मा सँगै जाने माधव नेपालको घोषणा

पाँच दलीय गठबन्धन 'राष्ट्रियसभादेखि स्थानीय र सबै निर्वाचन'मा सँगै जाने माधव नेपालको घोषणा

नेपालपाना पौष १० २०७८
  • 4.4K
    SHARES
  • पाँच दलीय गठबन्धन 'राष्ट्रियसभादेखि स्थानीय र सबै निर्वाचन'मा सँगै जाने माधव नेपालको घोषणा

    दाङ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । 

    दाङको  भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन  गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

    कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेकोसमेत उनले बताए । अहिले एकीकृत समाजवादीलाई माओवादीमा  विलय हुने भनी आरोप लाग्ने गरेको भन्दै त्यो कुरा सत्य नभएको समेत बताउनुभयो । साथै उनले अबको केही समयमा स–साना वामपन्थी पार्टीबीच एकता हुनेसमेत बताए।

    भेलालाई सम्बोधन गर्दै उनले भने, “हामी पाँच  दलीय  गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौँ । स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ ।” 

    ‘तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन’, उनले भने, “तर, साना केही  दलसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौँमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दैछौँ ।” साथै उनले एमसीसी हुबहु पारित गर्न नहुनेसमेत बताए। ‘हामी कुनै पनि यस्ता कुरालाई स्वीकार गर्न सक्दैनौँ ।

    पौष १०, २०७८ शनिवार १९:१९:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend