Logo

आइतवार, मंसिर १८ गते २०७९

गठबन्धनमा असन्तुष्टि बढ्यो, मन्त्रिपरिषद्मा अन्योल

गठबन्धनमा असन्तुष्टि बढ्यो, मन्त्रिपरिषद्मा अन्योल

नेपालपाना पौष १४ २०७८
  • 6.6K
    SHARES
  • गठबन्धनमा असन्तुष्टि बढ्यो, मन्त्रिपरिषद्मा अन्योल

    काठमाडौं । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको दुई महिना पुगे पनि मन्त्रिपरिषद् अधुरै छ । गठबन्धन दलका नेताहरुबाट मात्र नभइ कांग्रेसभित्रैबाट पनि मुख्यमन्त्रीको आलोचना भएको छ । 

    सरकारका महत्वपूर्ण काम भन्दा मुख्यमन्त्री शाहीको प्राथमिकता पार्टीको महाधिवेशन, उदघाटन र भेटघाट पर्न थालेपछि गठबन्धनभित्रैबाट उनको आलोचना हुन थालेको छ ।

    गठबन्धन दलहरूबीच कुनै समन्वय र छलफल नगरी मुख्यमन्त्री शाही एकलौटी तरिकाले हिँडिराखेका पार्टीकै नेताहरुले गुनासो गर्न थालेका छन् ।

    मुख्यमन्त्रीकै उदासिनताले गठबन्धनमा समस्या आइरहेको र सरकारले सत्ता गठबन्धनको मर्म र भावना बुझ्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको माओवादी केन्द्र संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भनाइ छ ।

    पौष १४, २०७८ बुधवार २०:५३:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्णाली
  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend