Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

'नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी' दर्ता गर्दै रेशम चौधरी

'नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी' दर्ता गर्दै रेशम चौधरी

नेपालपाना पौष १५ २०७८
  • 5.6K
    SHARES
  • 'नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी' दर्ता गर्दै रेशम चौधरी

    काठमाडौं। निलम्बित सांसद रेशमलाल चौधरीले शुक्रबार दल दर्ताका लागि कारागार कार्यालयमा निवेदन दिने भएका छन् । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरी यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भई अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । 

    तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनी छुट्टै पार्टी खोल्ने तयारीमा रहेका हुन् । 

    स्रोतका अनुसार शुक्रबार मध्यान्ह १२ बजेदेखि १ बजेको समयमा निर्वाचन आयोग पुगेर चौधरीको वारेसका रुपमा श्रीमती रञ्जिता श्रेष्ठ  ‘नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी’ नामक दल दर्ताको निवेदन दिन लागेकी हुन् । 

    चुनाव चिन्ह ढकिया सहित चौधरीले २०१ जनाको केन्द्रीय सदस्य रहने गरी नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी दर्ता गर्न लागेका हुन् । पार्टीको आधारभूमिका रुपमा थरूहट क्षेत्र रहने उल्लेख छ । यद्यपि यो पार्टी राष्ट्रिय सोचका साथ राष्ट्रिय पार्टीका रुपमा खोलिन लागेको दस्तावेजमा उल्लेख छ ।

    पौष १५, २०७८ बिहिवार १९:०६:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेशम चाैधरी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend