Logo

बिहिवार, जेठ १२ गते २०७९

images

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच भयो वार्ता

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच भयो वार्ता

नेपालपाना पौष २२ २०७८
  • 3.1K
    SHARES
  • परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच भयो वार्ता

    काठमाडौं। परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहकार्यका विविध क्षेत्रका प्रगतिबारे छलफल भएको छ ।

    यस विषयमा जानकारी दिँदै भारतीय विदेशमन्त्री जयशंकरले विकास, साझेदारी र कोरोना महामारीमा नेपाल भारत सहकार्य उल्लेखनीय रहेको बताएका छन् ।

    आगामी दिनमा नेपाल भारत सहकार्यको दायरा अझ फराकिलो बनाउनेबारे कुराकानी भएको जयशंकरले ट्विटरमार्फत जानकारी दिएका छन् । दुई मन्त्रीबीच नयाँ वर्षको शुभकामना आदान प्रदान पनि भएको थियो।

    यसैबीच भारतमा कोरोनाको तेश्रो लहर तीव्र फैलिएसँगै यही पुस २५ देखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ।

    पौष २२, २०७८ बिहिवार १९:०६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend