Logo

शुक्रवार, जेठ १३ गते २०७९

images

भारत सरकारले महाकाली नदीमा पुल निर्माण गर्ने

भारत सरकारले महाकाली नदीमा पुल निर्माण गर्ने

नेपालपाना पौष २२ २०७८
  • 3.4K
    SHARES
  • भारत सरकारले महाकाली नदीमा पुल निर्माण गर्ने

    काठमाडौं । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ ।  

    बिहीबार बसेको भारतको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

    भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका हुन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् । 

     

    पौष २२, २०७८ बिहिवार २१:१८:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend