Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

कोरोना संक्रमणलाई लिएर माधव नेपाल गम्भीर, दिए यस्तो निर्देशन

कोरोना संक्रमणलाई लिएर माधव नेपाल गम्भीर, दिए यस्तो निर्देशन

नेपालपाना पौष २६ २०७८
  • 1.8K
    SHARES
  • कोरोना संक्रमणलाई लिएर माधव नेपाल गम्भीर, दिए यस्तो निर्देशन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोरोना महामारी बढेको भन्दै पार्टी पङ्तिलाई सचेत रहन निर्देशन दिएका छन् । आइतबार एक अपील जारी गर्दै नेता नेपालले पार्टीका बैठक तथा भेलाहरुमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै सहभागी हुन निर्देशन दिएका हुन् ।

    हाल नेपालमा कोरोना भाइरसको संक्रमण दर उच्च वृद्धि भइरहेको छ । यसअवस्थामा सचेत रहन सम्पूर्ण नेपाली नागरिकहरुमा उनले आग्रहसमेत गरेका छन् ।

    अध्यक्ष नेपालले जारी गर्नुभएको अपीलमा पार्टीका कुनैपनि कार्यक्रम तथा भेलामा जाँदा थर्मल गनको प्रयोग गरी तापक्रम मापन गर्न, नाक, मुख र चिउँडो छोपिने गरी मास्कको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन दिएका हुन् ।

    ‘सार्वजनीक स्थानमा अनावश्यक भिडभाड नगर्न तथा संक्रमण दर बढिरहेको कुरालाई दृष्टिगत गर्दै पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा तोकिएका कमरेडहरु मात्र सहभागी हुने व्यवस्था गर्न÷गराउन निर्देशन गरिन्छ,’ उनले जारी गरेको अपीलमा जनाइएको छ ।

    पौष २६, २०७८ सोमवार २०:०९:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana