Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

नेपालगन्जबाट घनघोर तरिकाले लखेटिए कृषिमन्त्री महेन्द्र राय यादव

नेपालगन्जबाट घनघोर तरिकाले लखेटिए कृषिमन्त्री महेन्द्र राय यादव

नेपालपाना पौष २६ २०७८
  • 3.3K
    SHARES
  • नेपालगन्जबाट घनघोर तरिकाले लखेटिए कृषिमन्त्री महेन्द्र राय यादव

    काठमााडौं। सोमबार एक उद्घाटन कार्यक्रमका लागि बाँकेको नेपालगन्ज पुगेका संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेका छन् ।

    मन्त्री यादव त्यहाँ पुगेको जानकारी पाएलगत्तै किसान आन्दोलनकारीहरु कार्यक्रम स्थलमा पुगेका थिए ।

    किसान आन्दोलनकारीहरुले जनकारवाही गर्ने होहल्ला सुरु भएपछि मन्त्री यादवले कार्यक्रम बीचमै छोडेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा घेरामा पछाडिको बाटो हुँदै भागेको त्यहाँ उपस्थितहरु बताएका छन् । मन्त्री यादवले आफु सुरक्षित रहेको बताएका छन् ।

    जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री इस्तियाक राईले सुरु गरेको दाना फ्याक्ट्रीको उद्घाटन गर्न मन्त्री यादव नेपालगन्ज पुगेका थिए।

    तराई मधेशका जिल्लामा विगत दुई सातादेखि मलखाद समयमा उपलब्ध गराउनु पर्ने, उखु किसानको रकम भुक्तानी हुनु पर्ने, कृषिकलाई निःशुल्क विजुली दिनु पर्ने, किसानलाई पेन्सन दिनु पर्ने र किसान कार्डको व्यवस्था गर्नु पर्नेलगायतको माग राख्दै आन्दोलन भइरहेको छ ।

    पौष २६, २०७८ सोमवार २१:०२:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेन्द्र राय यादव

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana