Logo

बिहिवार, जेठ ५ गते २०७९

images

अमेरिकाबाट चीन जाने उडान रद्दपछि बेइजिङसँग न्युयोर्क क्रुद्ध, बदला लिने चेतावनी

अमेरिकाबाट चीन जाने उडान रद्दपछि बेइजिङसँग न्युयोर्क क्रुद्ध, बदला लिने चेतावनी

नेपाल पाना पौष २९ २०७८
  • 8.3K
    SHARES
  • अमेरिकाबाट चीन जाने उडान रद्दपछि बेइजिङसँग न्युयोर्क क्रुद्ध, बदला लिने चेतावनी

    न्युयोर्क । अमेरिकाबाट चीनका लागि उड्ने उडान बेइजिङले रद्द गरेपछि अमेरिकाले त्यसको विरोध गरेको छ । कोभिडको कारण देखाउँदै चीनले अमेरिकाबाट छुट्ने उडान बुधबार रद्द गरेको थियो ।

    अमेरिकाबाट चीन आएको विमानका केही यात्रुमा कोभिड पोजेटिभ देखिएपछि चीनले उडान रद्द गरको हो । बेइजिङको कदमपछि अमेरिकी राष्ट्रपतिको कार्यलयले चीनविरुद्ध बदला लिने चेतावनी दिएको छ । चीनमा कोभिड देखिएपछि विभिन्न सहरहरुमा लकडाउन घोषणा गरेको छ ।

    कोभिडविरुद्ध शून्य सहनशिलता जनाउँदै आएको चीनमा पछिल्लो समयमा कोभिड संक्रमण बढेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमण बढेको सरकारले बताउँदै आएको छ । अमेरिकामा भने पछिल्लो समयमा कोभिडको सुनामी नै आएको छ ।

    संक्रमित बढे पनि अस्पताल भर्ना हुनेहरुको संख्या भने तुलनात्मक रुपमा कमि देखिएको बताइएको छ । त्यस्तै, युरोपेली मुलुकहरु भने कोभिडबाट नराम्रोसँग प्रभावित छन् । केही साताभित्र युरोपको आधा जनसंख्या कोभिडबाट संक्रमित हुने डब्लूएचओले जनाएको छ ।

    पौष २९, २०७८ बिहिवार ११:५१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # अमेरिका

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend