Logo

शनिवार, मंसिर १७ गते २०७९

चिनियाँ लडाकु जहाज आफ्नो भूभागमा प्रवेश गरेको ताइवानको आरोप

चिनियाँ लडाकु जहाज आफ्नो भूभागमा प्रवेश गरेको ताइवानको आरोप

नेपाल पाना पौष २९ २०७८
  • 5.2K
    SHARES
  • चिनियाँ लडाकु जहाज आफ्नो भूभागमा प्रवेश गरेको ताइवानको आरोप

    काठमाडौं । ताइवानले आफ्नो भूमिमा पाँच चिनियाँ सैनिक विमान बुधबार प्रवेश गरेको दाबी गरेको छ ।

    ताइवानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जनवरी महिनामा मात्र अहिलेसम्म ९ पटक यस्तो भएको छ । समाचार एजेन्सी एएनआईले ताइवानको नेशनल डिफेन्स मन्त्रालयलाई उदृत गर्दै यस्तो जानकारी दिएको हो ।

    यी पाँच सैनिक विमान मध्ये चार पिपुल्स लिबरेशन आर्मी एयर फोर्सको शेनयांग जे-१६ लडाकु विमान थिए भने एक शांक्सी वाई-८ एन्टी-सबमरीन लडाकु विमान रहेको समाचारमा जनाइएको छ। बीबीसीका अनुसार यी पाँचै विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोनको दक्षिण पश्चिमी भूभागबाट आएका थिए ।

    त्यपछि त्यसको प्रतिकारमा आफूहरुले रेडियो सन्देश जारी गरेको र विमान पत्ता लगाउका लागि एयर डिफेन्स मिसाइल सिस्टमलाई तैनाथ गरेको ताइवानले बताएको छ ।

    चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र बताउँदै आएको छ ।

    पौष २९, २०७८ बिहिवार ११:५४:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन-ताईवान

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend