Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

कोभिडको नयाँ भेरियन्टविरुद्ध लड्न यस्तो छ देउवा सरकारको तयारी

कोभिडको नयाँ भेरियन्टविरुद्ध लड्न यस्तो छ देउवा सरकारको तयारी

नेपाल पाना पौष २९ २०७८
  • 3.0K
    SHARES
  • कोभिडको नयाँ भेरियन्टविरुद्ध लड्न यस्तो छ देउवा सरकारको तयारी

    काठमाडौं । राजधानी काठमाडौंसहित देशैभर ओमिक्रोन भाइरसको प्रकोप बढ्दो छ । स्मार्ट लकडाउनको अवधारणमा सरकार अघि बढिसकेको छ ।

    यस्तोमा सरकारले नागरिकको जीवनरक्षा गर्न विभिन्न तयारीहरु गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

    कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको उनले जानकारी दिए । ‘पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ,’ उनले भने ।

    कार्कीले खोप अभियान तीव्र गतिमा अगाडि बढेको बताए । ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ,’ उनले भने । उनले आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे ।

    पौष २९, २०७८ बिहिवार १७:०८:४९ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana