काठमाडौं। फोटो र भिडिओ सेयरिङ प्लेटफर्म इन्स्टाग्राममा फलोअर्सको संख्या ३० करोड पुर्याउँदै अमेरिकी मोडल तथा महिला व्यवासायी काइली जेनरले इन्स्टाग्राममा कीर्तिमान बनाएकी छन्।
काइली एक रियालिटी टीभी स्टार र पेसाले व्यवसायी हुन्, उनी एक कस्मेटिक कम्पनीकी संस्थापक पनि हुन्।
सबैभन्दा धेरै फलो गर्ने सूचीमा पहिलो नम्बरमा ४६० मिलियन फलोअर्ससहित इन्स्टाग्रामको आफ्नै अफिसियल अकाउन्ट छ।
३८९ मिलियन फलोअर्ससहित पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो दोस्रो नम्बरमा छन्। काइली जेनर तेस्रो नम्बरमा छिन्।