Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

गृहमन्त्री खाडले गरेर देखाए ४५ वर्षदेखि अड्केको काम, अब लाखौ परिवारलाई राहत, अपराधीको पत्ता साफ

गृहमन्त्री खाडले गरेर देखाए ४५ वर्षदेखि अड्केको काम, अब लाखौ परिवारलाई राहत, अपराधीको पत्ता साफ

नेपाल पाना पौष ३० २०७८
  • 6.4K
    SHARES
  • गृहमन्त्री खाडले गरेर देखाए ४५ वर्षदेखि अड्केको काम, अब लाखौ परिवारलाई राहत, अपराधीको पत्ता साफ

    काठमाडौं । भारतसँगको खुला सीमानाका कारण नेपालमा खुलेयाम लागुऔषध भित्रिन्छ ।

    युवाहरुलाई कुलत फसाएर लाखौ परिवारले दुख पाउने अवस्था सिर्जना हुन्छ । धनसँगै जीवन पनि नास हुन्छ । प्रहरीले थोरबहुत रोक्ने कोसिस गरेको छ । तर सकेको छैन ।

    अब लागुऔषधको जरो उखेल्न गृहमन्त्री बालकृष्ण खाड कस्सिएका छन् । खाडले ४५ वर्षदेखि हुन नसकेको काम फत्ते गरेर लागुऔषध करोबारीको भागाभाग हुने अवस्था सिर्जना गरेका छन् ।

    मन्त्री खाडको पहलमा लागूऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ । ऐनमा अधिकारी तोक्ने व्यवस्था ४५ वर्षअघि गरे पनि अहिले आएर गृहमन्त्री खाडको पहलमा कार्यान्वयनमा आएको हो ।

    खाडले मन्त्रिपरिषद्को पुस २१ को बैठकबाट निर्णय गराएका छन् । निर्णयअनुसार गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका एक–एक जना सहायक प्रमुख जिल्ला अधिकारीलाई ‘औषध नियन्त्रण अधिकारी’ तोकिने छ ।

    ऐनमा आवश्यकतानुसार एउटा वा बढी औषध नियन्त्रण अधिकारी, नायब औषध नियन्त्रण अधिकारी तथा अन्य अधिकारी तोक्न सक्ने व्यवस्था छ ।

    पछिल्लो समय देशमा लागूऔषध प्रयोग, ओसारपसार, बिक्री वितरणका घटना तथा समस्या बढ्दै गएसँगै सर्वसाधारणको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न गृहमन्त्री खाडले आफै पहलकदमी लिएर प्रधावकारी निगरानीका लागि अधिकारी तोकिएको गृह मन्त्रालयले जनाएको छ ।

    अब जिल्ला प्रशासन कार्यालय पनि लागूऔषधको कारोबार र प्रयोग नियन्त्रणमा थप सक्रिय हुनेछन् । ‘औषध नियन्त्रण अधिकारी’लाई लागूऔषधको नियन्त्रण र रोकथामका लागि सचेतना फैलाउने, लागूऔषध भित्रिने नाकामा अनुगमन गर्ने, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने, सोसम्बन्धी गतिविधिको मन्त्रालयमा रिर्पोटिङ गर्नेलगायत जिम्मेवारी तोकिएको छ ।

    पौष ३०, २०७८ शुक्रवार ०८:४३:०४ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana