Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

एकैदिन कोरोना संक्रमणले तोड्यो रेकर्ड, नेपालमा भयावहको स्थिति, कहाँ कति ?

एकैदिन कोरोना संक्रमणले तोड्यो रेकर्ड, नेपालमा भयावहको स्थिति, कहाँ कति ?

नेपालपाना पौष ३० २०७८
  • 2.9K
    SHARES
  • एकैदिन कोरोना संक्रमणले तोड्यो रेकर्ड, नेपालमा भयावहको स्थिति, कहाँ कति ?

    काठमाडौं । नयाँ भेरियन्टमा उकालो लागिरहेको कोभिड १९ संक्रमणले शुक्रबार रेकर्ड राखेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७७ वटै जिल्लामा संक्रमित देखिएका छन् । विहीबारसम्म स्लो रहेको संक्रमणदर शुक्रबार देशभर पुगेको छ । 

    तथ्यांकअनुसार काठमाडौँमा १ हजार ९१३ जना, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ गरी २ हजार ६०७ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यो सँगै काठमाडौँमा ७ हजार ६२५, भक्तपुर १ हजार २५१ र ललितपुर १ हजार ९३५ गरी सक्रिय संक्रमितको संख्या १० हजार ८११ पुगेको छ ।

    पाँच सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर र कास्कीसहित सुनसरी पनि थपिएको छ । २०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा झापा, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

    यद्यपि यसलाई नियन्त्रण गर्न सरकारले खोप वितरणदेखि ठूलो समुदायस्तरमा परीक्षणलाई प्राथमिकता दिएको छ ।

    पौष ३०, २०७८ शुक्रवार १८:४०:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # कोरोना खोप

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana