Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

जो चोर उसैको ठूलो स्वर : अघोषित नाकाबन्दी र सीमा मिचेको चीन उत्रियो वक्तव्यबाजीमा

जो चोर उसैको ठूलो स्वर : अघोषित नाकाबन्दी र सीमा मिचेको चीन उत्रियो वक्तव्यबाजीमा

नेपाल पाना पौष ३० २०७८
  • 4.8K
    SHARES
  • जो चोर उसैको ठूलो स्वर : अघोषित नाकाबन्दी र सीमा मिचेको चीन उत्रियो वक्तव्यबाजीमा

    काठमाडौं । नेपालमा अघोषित नाकाबन्दी गरेर बदनाम छ चीन । नेपाली व्यापारीका सामानदेखि सरकारी स्वास्थ्य सामग्रीसमेत नाकामा अलपत्र परेको छ ।

    कतिपय सामग्री त बाटोमै कुहिएर, काम नलाग्ने भएर करोडौंको नोक्सानसमेत भएको छ । सीमामा चीनको अवरोधले नेपाली व्यापारीदेखि सरकारी वृत्त आजित छ । नाका खोल्न पटक पटक अनुरोध गर्दा केही सीमित बाहेक खोल्न मानेको छैन ।

    कोभिड संक्रमण सामान्य अवस्थामा नियन्त्रणमा आएका बेला पनि चीनले कोभिड नै देखाएर लगातार नाका बन्द गरिरह्यो । चीनले नाका बन्द गरिरहँदा नेपालीले भोग्नुपरेको दु:ख सास्तीका सामाचार मिडिया आए ।

    समाचार मिडियामा आएर चिनियाँ रबैयाप्रति जनआक्रोश बढ्दा चीन बचाउमा उत्रेको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासले विज्ञप्ति जारी गरेर नाका नखुल्नुको पुरानै कारण कोभिडलाई देखाएर पन्छिएको छ । जबकी कोभिड पुरै नियन्त्रणमा आउँदा पनि चीनले नाका खोल्न आनाकानी गरेको सरकारी अधिकारीकै अनुभव ताजै छ । अहिले फेरि कोभिडलाई देखाएर आफू चोखिन खोजेपछि सरकारी अधिकारीदेखि व्यापारी र आम नेपाली उपभोक्ता चिनियाँप्रति आक्रोशित बनेका छन् ।

    नेपालीका सामान नाकामा रोकेर करोडौंको आर्थिक व्यभार व्यहोर्नुपर्ने अवस्थामा चीनले नेपालीलाई पुर्याएको छ । तर पनि चीन भने कोभिड देखाएर पन्छिने गरेको छ । यद्यपि एकतर्फी नेपालमा सामान पठाउन दिइएको दाबी गरेको छ । तर उसको यो दाबीमा कुनै सत्यता छैन । हप्तामा दुई चार ट्याकरमा पस्न दिने र दुख दिने चिनियाँ नियत देखिन्छ । त्यसो त चीनमा अध्ययन गरेर नेपालमा रहेका विद्यार्थीहरु फर्कन पाएका छैनन् ।

    विशेषगरी मेडिकलका विद्यार्थीहरु समस्यामा परेका छन् । उनीहरुले इन्टर्न गर्न नपाएर बेला बेलामा सडकमा ओर्लिइरहेका छन् । यसमा पनि चीनले कोभिड नै देखाएर पन्छिरहेको छ । कोभिड नियन्त्रण हुँदा भने चीनले नसुनेझै गरी आलटाल गरिरह्यो । हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको प्रमाणसहित बाहिर आउँदा पनि चीन कुनै विवाद नरहेको दाबी गरिरहेको छ ।

    तत्कालीन कम्युनिस्ट सरकारले आफ्नो भूमि मिचिँदा पनि राष्ट्रघात हुनेगरी चीनको बचाउ गरेकोमा सोही कुरालाई चीनले समातेको छ । नेपालकै सरकारले कुनै विवाद छैन भनिसकेको भनेर उम्किन खोजेको छ । कर्णालीका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले उतिबेलै यो विषय जोडतोडका साथ उठाए । सरकारले छानविन कमिटी गठन गरी प्रतिवेदन समेत तयार गरेको छ ।

    तर, कूटनीतिक संवेदनशीलतालाई दृष्टिगत गरी सार्वजनिक गरेको छ । चीनसँगको यावत समस्याहरु एकपछि अर्को उठ्न थालेपछि चिनियाँ राजदूतावासको प्रवक्ताले यसबारे बोलेका छन् । प्रवक्ताका तर्फबाट चिनियाँ राजदूतावासले चीनले सीमा अतिक्रमण नगरेको दाबी गरेको छ ।

    चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक एकताको सम्मान गर्दै आएको गफ पनि दिएको छ । तर सीमामा रातारात खोला सार्ने र क्याम्प स्थापना गर्ने काम पनि चीनले गरेकोमा लुकेको छैन । नेपाल र चीनले सीमा समस्या सन् १९६० कै दशकमा समाधान गरिसकेको र हाल कुनै विवाद नरहेको भनेर चीनले झुटो वक्तव्य जारी गरेको छ ।

    सत्य बाहिर ल्याउने रिपोर्टलाई भने चीनले झुटो भनेर भूमि मिचेको कुरा ढाकछोप गर्न खोजेको छ । त्यस्गै चीनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगरेको भनेर बचाउ गरेको छ । जबकी पछिल्लो समय चिनियाँ राजदूत होउ यान्छीका अलावा चीनबाट उच्च अधिकारीहरु नेपाल आएर राजनीतिक रुपमा दबाब प्रभाव तथा हस्तक्षेप गरेका विषय खुलेयाम छरपस्ट छन् ।

    पौष ३०, २०७८ शुक्रवार १९:२६:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana