काठमाडौं। कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना भन्दा बढी समय भइसकेका अग्रपङ्तीमा खटिएका व्यक्तिहरुले भोलि अर्थात् माघ २ गतेदेखि कोभिड१९विरुद्धको खोपको बुस्टर डोज लगाउन पाउने भएका छन् ।
बुस्टर डोज ७७ वटै जिल्लामा जिल्ला स्वास्थ्य कार्यालयले ताकेको स्वास्थ्य केन्द्रमा लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार बालबालिकाको खोप लागिरहेको बाहेक भेरोसेल, कोभिसिल्ड खोप लागिरहेको खोप केन्द्रमा बुस्टर डोज लगाउन सकिने छ ।
यसअघि हिजो मात्रै मन्त्रालय अन्तर्गतको खोप कल्याण महाशाखाले विज्ञप्ती जारी गर्दै ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य खापुर्ति तथा व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई बुस्टर डोज खोप लगाउन आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको थियो ।