Logo

बिहिवार, जेठ १२ गते २०७९

images

नेपालसँग सीमा विवाद समाधान गर्न अघि बढ्यो भारत, दुतावासले जारी गर्याे विज्ञप्ती

नेपालसँग सीमा विवाद समाधान गर्न अघि बढ्यो भारत, दुतावासले जारी गर्याे विज्ञप्ती

नेपालपाना माघ १ २०७८
  • 5.5K
    SHARES
  • नेपालसँग सीमा विवाद समाधान गर्न अघि बढ्यो भारत, दुतावासले जारी गर्याे विज्ञप्ती

    काठमाडौँ। नेपालसँगको सीमा विवाद समाधान गर्न भारतले पहल चालेको छ । लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइपछि नेपालमा उत्पन्न विरोधाभाषलाई सम्बोधन गर्न भारत तयार भएको हो ।

    नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै नेपाल–भारत सीमा विवादमा नेपालमा भएको पछिल्लो प्रतिक्रियामाथि जवाफ दिएको हो ।

    दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारत–नेपाल सीमानामा भारत सरकारको स्थिती सर्वविदित, सुसंगत र स्पष्ट छ । नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।’

    विज्ञप्तीमा अघि भनिएको छ,  ‘आपसी संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्रहरु नै उपयुक्त छन् भन्ने हाम्रो धारणा छ। पारस्परिक रूपमा सहमति भएका सीमा समस्याहरू जुन बाँकी छन् त्यसलाई आपसी समझदारीमा समाधान गर्न भारत आफ्नो पुरानो र हितैषी सम्बन्ध भएको नेपालका लागि सधै तयार छ ।’

     

    माघ १, २०७८ शनिवार १९:५३:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend