Logo

शनिवार, जेठ १४ गते २०७९

images

बेइजिङमा पनि देखियो ओमिक्रोन, हिउँदे ओलम्पिक प्रभावित हुने

बेइजिङमा पनि देखियो ओमिक्रोन, हिउँदे ओलम्पिक प्रभावित हुने

नेपाल पाना माघ २ २०७८
  • 3.1K
    SHARES
  • बेइजिङमा पनि देखियो ओमिक्रोन, हिउँदे ओलम्पिक प्रभावित हुने

    बेइजिङ । बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अप्नाइएको छ ।

    बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदै छ । आगामी ४ जनवरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ ।

    कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो ।

    पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । चीनले जतिसुकै यात्रा प्रतिबन्ध लगाए पनि कोभिडलाई हिउँदे ओलम्पिक अगाडि शून्यमा झार्ने सरकारको नीति सफल नहुने प्यासिफिक युनिभर्सिटीका प्राध्यापक जुल्स ब्वाईकफ बताउँछन् ।

    माघ २, २०७८ आइतवार १०:०४:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend