Logo

आइतवार, मंसिर १८ गते २०७९

जम्मु काश्मीर : हुजैफले राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जिते

जम्मु काश्मीर : हुजैफले राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जिते

नेपाल पाना माघ २ २०७८
  • 6.5K
    SHARES
  • जम्मु काश्मीर : हुजैफले राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जिते

    श्रीनगर । श्रीनगरको मार्शल आर्ट खेलाडीले राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। गोवामा आयोजित राष्ट्रिय स्काई मार्शल आर्ट च्याम्पियनशिपमा जम्मु काश्मीरका लागि हुजैफले स्वर्ण पदक जितेका हुन्।

    गाजी मोहम्मद हुजैफले अण्डर १७ विधामा जम्मू कश्मीरका लागि उनले पदक जितेका हुन्। उनले जम्मु काश्मीरको प्रतिनिधित्व गरेका थिए।

    भारतभरका २२ राज्यहरूबाट सहभागि भएकाहरुलाई उनले परास्त गरेका हुन्। श्रीनगरको मुफ्तीबाग इलाकाका हुजैफ सानैदेखि स्काय मार्शल आर्टको अभ्यास गर्दै आएका छन्।

    भारत सरकारले सन् २०१९ को अगस्त ५ मा धारा ३७० को खारेजीपछि जम्मु काश्मीरमा सामाजिक तथा आर्थिक विकासमा ठूलो प्रगति भएको छ। यसका साथै जम्मु काश्मीरका युवाहरुलाई खेलकुदमा प्रेरित गर्नुका साथै देशभरका विभिन्न प्रतियोगिताहरुमा सहजै सहभागी हुने अवसर मिल्ने गरेको छ।

    जसका कारण जम्मु काश्मीरका युवाहरुले लागुओषध र आतंककारीको चंगुलबाट बचेर मुलुकमा आफ्नो क्षमता प्रस्तुत गरिरहेका छन्।

    माघ २, २०७८ आइतवार १५:३२:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जम्मु काश्मीर

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend