Logo

शुक्रवार, जेठ १३ गते २०७९

images

रंगशाला निर्माणमा भएको भ्रष्टाचारबारे धुर्मुस-सुन्तलीले मुख खोले

रंगशाला निर्माणमा भएको भ्रष्टाचारबारे धुर्मुस-सुन्तलीले मुख खोले

नेपालपाना माघ ३ २०७८
  • 6.3K
    SHARES
  • रंगशाला निर्माणमा भएको भ्रष्टाचारबारे धुर्मुस-सुन्तलीले मुख खोले

    काठमाडौं । चितवनमा निर्माणाधिन क्रिकेट रंगशाला निमार्णका क्रममा भ्रष्टाचार भएको अख्तियारमा उजुरी परेपछि धुर्मुस-सुन्तली फाउन्डेसनले खर्च विवरण चाँडै सार्वजनिक गर्ने बताएको छ ।

    सोमबार फाउण्डेशनले विज्ञप्तिमार्फत हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको, परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात सबै खर्च विवरण सार्वजनिक गर्ने जनाएको हो ।

    विज्ञप्तिमा भनिएको छ, ‘हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं । अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं ।’

    सहयोगी दाताले दिएको रकम हिनामिना भएको भन्दै आइतबार फाउण्डेशनविरुद्द मुद्दा दायर भएको थियो । फाउन्डेसनविरुद्द उजुरी परेको भोलिपल्टै धुर्मुस–सुन्तलीले विज्ञप्तिमार्फत खर्च विवरण चाँडै सार्वजनिक गर्ने बताएका हुन् । साथै, प्राप्त  सहयोग रकम दुरूपयोग नभएको पनि फाउन्डेसनले स्पष्ट रूपमा भनेको छ ।

    साथै, आधिकारिक रिपोर्ट नआउञ्जेल परियोजनामा भएको खर्चलाई लिएर कपोलकल्पित आरोप नलगाइदिन फाउन्डेसनले आग्रह गरेको छ ।

    ‘सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

    माघ ३, २०७८ सोमवार १९:१०:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्
  • # भ्रष्टाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend