इस्लामावाद । पाकिस्तानको बलुचिस्तानमा कट्टरपन्थी समूहद्वारा विरोध प्रदर्शन गरेको छ।
कट्टरपन्थी पाकिस्तानी समूहले क्वेटामा भएको बम हमलाको विरोधमा शनिबार बलुचिस्तानभर प्रदर्शन गरेको हो। जुन सम्मेलनमा सहभागीहरूलाई निशाना बनाएर आक्रमण गरिएको भन्दै गम्भीर लापरवाही भएको बताइएको छ।
इमरान खान सरकारले बिहीबार राति क्वेटाको साइन्स कलेजको गेटमा कार्यकर्ता र नेताहरुको भिडमा विस्फोट भएको थियो। पाकिस्तानमा पछिल्लो समय आक्रमण र विस्फोटका घटनाहरु बढ्दै गएका छन्।
अफगानिस्तानमा तालिबानी कब्जापछि पाकिस्तानमा विस्फोट र आक्रमणका घटनाहरु बढेका हुन्। यसमा पाकिस्तानी सेना पनि जिम्मेवार रहेको भन्दै विपक्षीहरु विरोध गरिरहेका छन्।