Logo

शुक्रवार, जेठ १३ गते २०७९

images

विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्छः राष्ट्रसंघ

विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्छः राष्ट्रसंघ

नेपाल पाना माघ ५ २०७८
  • 2.6K
    SHARES
  • विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्छः राष्ट्रसंघ

    म्याड्रिड । विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ ।

    राष्ट्रसंघीय विश्व पर्यटन ब्यारोमिटरका अनुसार छिट्टै सर्ने ओमिक्रोन भेरियन्टका कारण पर्यटनका गतिविधि पहिल्यैको अवस्थामा फर्किन कम्तिमा दुई वर्ष लाग्ने जनाएको हो ।

    सन् २०२० मा पर्यटनबाट प्राप्त हुने राजस्व पहिलेको वर्षको तुलनामा ७२ वर्षले कटौती भएको थियो । कोभिड महामारीको सुरुवातसँगै विश्वको पर्यटन गतिविधि ठप्प रहेको थियो ।

    ‘महामारीका कारण विभिन्न यात्रा प्रतिबन्ध, लकडाउन, विकासन्मुख देशमा खोप पहुँचमा ढिलाई र यात्रुहरुमा घट्दो आत्मविश्वासका कारण पर्यटन गतिविधि विश्वव्यापी रुपमा नै सुस्त छ,’ युएनडब्लूटीओले एक प्रेस विज्ञप्तिमा भनेको छ ।

    तर, सन् २०२१ को अन्ततिर भने पर्यटकहरुको चहलपहल तुलनात्मक रुपमा केही बढेको छ । गत वर्ष युरोप र अमेरिकामा क्रमशः १९ र १७ प्रतिशतले पर्यटक बढेका थिए ।

    तर, मध्यपूर्वमा भने २४ प्रतिशतले घटेका थिए । एसिया प्रसान्त क्षेत्रमा सन् २०२० मा ६५ प्रतिशतले घटेको छ । 

    माघ ५, २०७८ बुधवार १२:१४:१२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend