Logo

बिहिवार, जेठ ५ गते २०७९

images

पाकिस्तानी विदेशमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिको आलोचना, खोलिदिए भित्रको पोल!

पाकिस्तानी विदेशमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिको आलोचना, खोलिदिए भित्रको पोल!

नेपाल पाना माघ ६ २०७८
  • 5.1K
    SHARES
  • पाकिस्तानी विदेशमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिको आलोचना, खोलिदिए भित्रको पोल!

    इस्लामबाद । पाकिस्तानका विदेशमन्त्री साह महमुद कुरेशीले चीनका राष्ट्रपति सी जिनपिङको आलोचना गरेको एउटा भिडियो सार्वजनिक भएको छ ।

    चीनको यात्रा प्रतिबन्धको विषयमा पाकिस्तानी विद्यार्थीसँगको भेटमा विदेशमनत्री कुरेशीले राष्ट्रपति सीको आलोचना गरेका हुन् ।

    मलेसियाबाट आएकालाई चीनमा फर्कन अनुमति दिइए पनि पाकिस्तानीलाई किन नदिइएको भन्ने एक पाकिस्तानी विद्यार्थीको प्रश्नमा विदेशमन्त्री कुरेशीले भने, ‘किनकी राष्ट्रपति सी जिनपिङ कतै पनि जान चाहन्न् ।’

    कोभिडका कारण राष्ट्रपति सी पछिल्लो २४ महिनायता कुनै पनि छिमेकी मुलुकको भ्रमण गरेका छैनन् । त्यस्तै, पाकिस्तानी विद्यार्थीहरुलाई पनि सन् २०२० देखि चीन प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

    करिव २८ हजार पाकिस्तानी विद्यार्थी चीनका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्छन् ।

    माघ ६, २०७८ बिहिवार १६:०३:१० बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend