Logo

बिहिवार, जेठ ५ गते २०७९

images

सत्ता गठबन्धन बिशेष रणनीतिमा, स्थानीय तहको निर्वाचनकाे टुंगो

सत्ता गठबन्धन बिशेष रणनीतिमा, स्थानीय तहको निर्वाचनकाे टुंगो

नेपालपाना माघ ७ २०७८
  • 2.9K
    SHARES
  • सत्ता गठबन्धन बिशेष रणनीतिमा, स्थानीय तहको निर्वाचनकाे टुंगो

    काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचन गर्ने निर्णय गरिसकेको छ । गठबन्धनले संविधान तथा कानुन विज्ञहरुसँग छलफल गरेर मिति तोक्ने निर्णय समेत गरेको छ ।

    शुक्रबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तह निर्वाचनका सन्दर्भमा कानुन विज्ञहरुसँग छलफल गरेर निर्वाचन मिति तोक्ने निर्णय भएको हो ।

    संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्ने भनिएको छ । तर, तर निर्वाचन ऐनअनुसार भने कार्यकाल सकिन २ महिनाअगावै निर्वाचन गरिसक्नु पर्ने उल्लेख छ ।

    यी दुईमध्ये एकलाई आधार मानेर स्थानीय तहको निर्वाचन गर्न कानुनी विद्हरुसँग छलफल गरिने गठबन्धनले निर्णय गरेको छ । कानुनी विद्हरुसँग छलफल गरेपछि स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति पनि भएको छ ।

    कतिपयले मध्यावधि निर्वाचनको अझैं अपेक्षा गरिरहेका बेला गठबन्धन सरकारले रणनीतिकरुपमा अघि बढ्ने निर्णय गरेको देखिन्छ ।

    माघ ७, २०७८ शुक्रवार २०:२०:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend