Logo

बिहिवार, जेठ १२ गते २०७९

images

चुनाव हुने भनेपछि एमालेलाई तनाव, प्रधानमन्त्री देउवाको सम्बोधनको गर्याे आलोचना

चुनाव हुने भनेपछि एमालेलाई तनाव, प्रधानमन्त्री देउवाको सम्बोधनको गर्याे आलोचना

नेपालपाना माघ ७ २०७८
  • 3.1K
    SHARES
  • चुनाव हुने भनेपछि एमालेलाई तनाव, प्रधानमन्त्री देउवाको सम्बोधनको गर्याे आलोचना

    काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनको आलोचना गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा गरेको सम्बोधन अप्राकृतिक र सत्तागठबन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको भन्दै आलोचना गरेका हुन् ।

    सम्बोधनले कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न नसकेको आरोप लगाए । मुलुक चरम आर्थिक, सामाजिक संकटमा फस्दै गएको अवस्थालाई देउवाको सम्बोधनले पूर्णतः उपेक्षा गरेको एमाले महासचिव पोखरेललको भनाइ छ ।

    ‘गम्भीर आर्थिक संकटबाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि प्रधानमन्त्री चुक्नु भयो । विगतको सरकारले अघि सारेका कामका परिणामलाई नै आफ्नो सरकारको उपलब्धिका रूपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोसिस गरेको देखियो,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, । गठबन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलब्धि देखाउन नसकिने उनले बताएका छन् ।

    कोभिडको तेस्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको महासचिव पोखरेलको आरोप छ । ‘खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको छ । १८ वर्ष मुनिका बालबालिकाको सुरक्षाप्रति सरकार संवेदनशील देखिएन,’ उनले भने ।

    सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका थिए । प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका छन् ।

    प्रमख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गरे पनि कुन निर्वाचन कहिले गर्ने भन्ने खुलाएनन् ।

    आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिँदैछ । सत्तारुढ गठबन्धनमा निर्वाचनको मिति तोेक्नेबारे सहमति जुटिसकेको छैन ।

    यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधन:

    माघ ७, २०७८ शुक्रवार २०:२८:०९ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend