काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारले अधुरै छाडेको परियोजना पूरा हुन लागेको जानकारी दिएका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अघिल्ला प्रधानमन्त्री केपी ओलीले अधुरै छाडेको मेलम्चीको पानी यही वर्षभित्र काठमाडौंवासीका लागि ल्याइने प्रतिवद्धता जनाएका हुन् ।
अबको दुई महिनामा मेलम्ची काठमाडौंवासीका धारामा हुने उनको भनाइ थियो । बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सरकारले मर्मत गरी यस वर्षभित्रै पानी ल्याइने उनले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले दुई महिनाभित्र मेलम्ची ल्याएर परिणाम दिने बताएका हुन् ।