Logo

बिहिवार, जेठ १२ गते २०७९

images

रेणु यादवको आलोचना भइरहेका बेला सीके राउतको पार्टीलाई जसपाले दियो चेतावनी

रेणु यादवको आलोचना भइरहेका बेला सीके राउतको पार्टीलाई जसपाले दियो चेतावनी

नेपालपाना माघ ८ २०७८
  • 3.4K
    SHARES
  • रेणु यादवको आलोचना भइरहेका बेला सीके राउतको पार्टीलाई जसपाले दियो चेतावनी

    काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको हिंसात्मक अभिव्यक्तिको आलोचना भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)ले सीके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिएको छ ।

    बधुबार मन्त्री यादवले गौरमा भएको कार्यक्रममा गौर घटना सम्झिँदै राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।

    उनको अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ भने कतिपय पक्षबाट उनलाई बर्खास्त गर्न माग भइरहेको छ ।

    यस्तोमा जसपाले भने सीके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिएको हो । जसपाले शनिबार विज्ञप्ति जारी गर्दै बुधबार गौरमा जनमत पार्टीका कार्यकर्ताले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ । 

    केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समानवादी पार्टी नेपालको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता अपराधिक कार्य अब उप्रान्त नथर्न सचेत गराइन्छ ।’

    माघ ८, २०७८ शनिवार १८:४३:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा
  • # सीके राउत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend