Logo

बिहिवार, जेठ १२ गते २०७९

images

चुनाव सार्न खोज्ने प्रचण्ड र माधवलाई प्रकाशमान सिंहको काउन्टर

चुनाव सार्न खोज्ने प्रचण्ड र माधवलाई प्रकाशमान सिंहको काउन्टर

नेपाल पाना माघ ९ २०७८
  • 3.1K
    SHARES
  • चुनाव सार्न खोज्ने प्रचण्ड र माधवलाई प्रकाशमान सिंहको काउन्टर

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताएका छन् ।

    चाक्सीबारीस्थित आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताएका हुन् ।

    सत्ता गठबन्धनमा प्रचण्ड र माधव नेपालले हारको डरले पहिला संसदीय निर्वाचन गर्नेदेखि तीनै तहको एकैपटक गर्नेसम्मका प्रस्ताव ल्याएका बेला त्यसमा काउन्टर दिँदै प्रकाशमानले सबै चुनाव आ-आफ्नो समयमा हुनुपर्ने दबाब दिएका हुन् ।

    संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्ने भन्दै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनपर्नेमा जोड दिए । संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको उनको भनाइ थियो । ‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भने, ‘त्यो कारणले धेरै कामहरु मध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो।’

    झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए ।

    माघ ९, २०७८ आइतवार १४:०४:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend