Logo

शनिवार, मंसिर १७ गते २०७९

कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंहको उम्मेदवारी, यस्ता छन् उनका ७ बुँदे एजेण्डा

कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंहको उम्मेदवारी, यस्ता छन् उनका ७ बुँदे एजेण्डा

नेपाल पाना माघ १० २०७८
  • 13.1K
    SHARES
  • कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंहको उम्मेदवारी, यस्ता छन् उनका ७ बुँदे एजेण्डा

    काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको जिल्ला सभापतिमा नेता सुरेन्द्रप्रसाद सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

    शुक्रबार उम्मेदवारी घोषणा गरेका सिंहले ७ बुँदे एजेण्डा पनि सार्वजनिक गरेका छन् । सर्लाहीमा आउँदो महिना जिल्ला अधिवेशन हुँदैछ । नेता सिंह जिल्लामा प्रभावशाली मानिन्छन् ।

    कार्यकर्तामाझ लोकप्रिय सुरेन्द्रले सर्लाहीबाट सांसद रहेका अमरेश सिंहको दम्भ, अहंकार र घमण्डलाई समाप्त पार्न मुख्य भूमिका खेलेका थिए । जसका कारण अमरेश महाधिवेशन प्रतिनिधिमै पराजित हुन पुगे । काम नगर्ने तर गफ भने ठूलो दिने स्वभावका कारण अमरेशका कारण सर्लाहीमा कांग्रेसभित्रै चरम धुव्रीकरणसमेत भएको थियो । यो अवस्थालाई सुरेन्द्रले ट्रयाकमा ल्याएका छन् । अब अमरेशलाई समेत मिलाएर पार्टीलाई बलियो बनाएर लैजाने सुरेन्द्रको अठोट छ ।

    सभापतिका उम्मेदवार सुरेन्द्रका भाई वीरेन्द्र सिंह अहिले मधेस प्रदेश सरकारको खेलकुद मन्त्री र नेपाली काँग्रेस मधेस प्रदेश समितीका उपसभापति पनि छन् । भाई प्रदेश राजनीतिमा हुँदा दाई भने जिल्ला सभापतिमा उठेर जिल्लाको राजनीतिमा केन्द्रीत भएका छन् ।

    सभापतिमा सिंह नै किन ?

    सभापतिमा उम्मेदवारी घोषणा गर्दै गर्दा सिंहले ७ बुँदे एजेण्डा पनि सार्वजनिक गरेका छन् । आफू सभापति निर्वाचित भए के के गर्ने भनेर उनले एजेण्डा सार्वजनिक गरेका हुन् ।

    जसमा निष्ठाको राजनीतिलाई निरन्तरता दिन र विधानको पालना गर्ने पहिलो एजेण्डा छ । अहिले सर्लाहीमा कांग्रेसभित्र रहेको अराजकताको स्थिति अन्त्य गरेर सबैलाई समेटेर लाने सुरेन्द्रको प्रतिबद्धता छ ।

    त्यसैगरी दोस्रो एजेण्डामा लोकतान्त्रिक समाजबाद्को नीतिलाई कार्यान्वयन गर्ने/गराउने, तेस्रोमा पूर्ण अनुशासित र निष्ठावान रहि, पारदर्शी निर्णय, उतरदायी नेतृत्व प्रदान गर्ने रहेको छ ।

    त्यसैगरी चौथोमा सर्लाही कांग्रेस भातृ तथा सुभेच्छुक सस्थालाई सक्रिय तथा जिम्मेवार बनाउने, पाँचौंमा स्थानीय निर्वाचन, प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसलाई भारी मतले जिताउने लक्ष्य छ ।

    छैठौंमा सर्लाही कांग्रेसलाई गुट उपगुटरहीत समावेशी रुपमा संचालन गर्न र पार्टीमा सबैको अपनत्व स्थापित गर्न/गराउने रहेको छ ।

    सातौं एजेण्डामा अल्पसंख्यक तथा पुराना साथीहरुलाई पाटिमा प्रोत्साहन तथा सम्मानजनक स्थान प्रदान गरि न्यायोचित अवसरको वितरण गर्न/गराउने रहेको छ ।

    नेता सिंहले आफू सभापति भए कांग्रेसलाई उदाहरणीय र सामुहिक पार्टी बनाउने प्रतिबद्धता जनाए । जिल्लाका नेता कार्यकर्ताहरु सिंहको जित सुनिश्चित भएको बताउँछन् ।

    माघ १०, २०७८ सोमवार ११:१९:३३ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend