Logo

सोमवार, जेठ ९ गते २०७९

images

स्वदेश फर्किए लगत्तै वर्षमानले भने– महासचिवमा दावी गरेको हो

स्वदेश फर्किए लगत्तै वर्षमानले भने– महासचिवमा दावी गरेको हो

नेपालपाना माघ १० २०७८
  • 2.9K
    SHARES
  • स्वदेश फर्किए लगत्तै वर्षमानले भने– महासचिवमा दावी गरेको हो

    काठमाडौँ । चीनमा उपचार गरी स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले  यसअघि सचिव भइसकेकाले महासचिवमा स्वाभाविक दाबी रहेको बताएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी नेता पुनले पार्टीको महासचिवमा आफ्नो दाबी रहेको बताएका हुन् । 

    यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । तर सहमतिमै नेतृत्व छानिने उनको भनाइ छ ।

    पूर्वमन्त्री पुनले आफू उपचारका क्रमका रहेका कारण महाधिवेशनमा भाग लिन नपाएको बताउँदै महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको प्रतिबद्धता रहेको बताए ।

    केन्द्रीय कमिटी र पार्टी अध्यक्षसमेत सहमतिमै छानिएकाले अब पदाधिकारीहरु पनि सहमतिमै छानिनुपर्ने उनको भनाइ छ ।

    जन्डिसको समस्या आएपछि गत असोजमा बैंकक र त्यसपछि चीनमा उपचार गरेर पुन सोमबार काठमाडौँ फर्किएका हुन् ।

    माघ १०, २०७८ सोमवार २१:००:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वर्षमान पुन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend