काठमाडौँ । गौर नरसंहारकाण्ड दोहोर्याउने धम्की दिँएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले माग गरेका छन् ।
मंगलबार प्रेसनोट जारी गर्दै नेता कर्णले मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक रहेकाले बर्खास्त गरी कानूनी कारबाही अघि बढाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।
यातायात मन्त्री यादवले माघ ५ गते बुधबार रौतहटमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको हत्या हुनसक्ने भन्दै २०६३ चैत ७ मा भएको गौर नरसंहारकाण्ड दोहोर्याउने धम्की दिँएकी थिइन् ।
उक्त घटनापछि मन्त्री यादवको बर्खास्तीको तयारी भइरहेको छ भने, सबैतिरबाट उनलाई पदबाट हटाउन मा भइरहेको छ ।
‘जनता समाजवादी पार्टी नेतृ तथा मन्त्री यादवको अभिव्यक्ति भत्सर्नायोग्य र खेदजनक छ, त्यसैले निजमाथि पक्राउ गरी अनुसन्धान प्रक्रिया थाल्न म प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष अनुरोध गर्दछु,’ कर्णले भनेका छन् ।