Logo

शुक्रवार, मंसिर १६ गते २०७९

सुदूरपश्चिममा राष्ट्रियसभाका लागि गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

सुदूरपश्चिममा राष्ट्रियसभाका लागि गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

नेपालपाना माघ १२ २०७८
  • 3.8K
    SHARES
  • सुदूरपश्चिममा राष्ट्रियसभाका लागि गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

    काठमाडौं। सुदूरपश्चिममा राष्ट्रियसभा चुनावमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। 

    निर्वाचन कार्यालयका अनुसार राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगत पार्की र एकीकृत समाजवादीकी गरिमा शाह विजयी भएका हुन्।

    रिक्त तीन पदका लागि भएको चुनावमा गठबन्धनका तर्फबाट खुलातर्फ मिश्र, दलिततर्फ पार्की र महिलातर्फ शाह उम्मेदवार बनेका थिए। उनीहरुले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका हुन्। 

    माघ १२, २०७८ बुधवार १९:२५:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • # राष्ट्रिय सभा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend