काठमाडौं । पोखरा महानगर ३२ र ३३ वडा जोड्ने ‘लामगाडी’ पुल सञ्चालनमा नआउँदै भाँच्चिएको छ ।
निर्माण कार्य सकिएर परीक्षणका लागि पुलको ‘टेको’ निकालेको केही समयमै ६ करोड रुपैयाँमा बनेको पुल चर्किन शुरु गरेको थियो ।
पोखरा महानगरपालिका ३२ गगनगौंडा र वडा नम्बर ३३ लामगाँदे जोड्नेगरी सेती नदीमाथि बनिरहेको उक्त पुल परीक्षण नहुँदै भाँच्चिएको पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए ।
भार परीक्षणका लागि मालवाहक सवारी तयारी अवस्थामा राखिएको भए पनि राति पुलबाट आवाज आएको बिहान हेर्दा भाँच्चिएको पाइएको वडा अध्यक्ष कार्कीले बताएका छन् ।