काठमाडौं । सरकारले संविधानअनुसार नै सबै निर्वाचन गर्ने स्पष्ट पारेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवधिक निर्वाचनप्रति सरकार जिम्मेवार रहेको भन्दै संविधान बमोजिम समयमै निर्वाचन हुने बताए ।
सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले संविधानमा रहेको व्यवस्था प्रतिकुल भएका ऐन संशोधन गरी एकरुपता ल्याउन कानुनविदहरुले सुझाव दिएको बताए । उनले निर्वाचनजस्तो राष्ट्रिय विषयलाई राजनीतिक खपतको विषय नबनाउन प्रमुख प्रतिपक्षी दललाई सचेत गराए ।
‘निर्वाचन राष्ट्रिय सरोकारको विषय हो । प्रमुख प्रतिपक्षले राजनीति गर्नकै लागि निर्वाचनबारे जनतालाई भ्रममा पार्नु जरुरी छैन । सरकारले संविधान अनुसार सबै निर्वाचन सम्पन्न गर्नेछ’, कार्कीले भने ।