Logo

बिहिवार, जेठ ५ गते २०७९

images

पाकिस्तानी प्रधानमन्त्री एक अन्तर्राष्ट्रिय भिखारी : जमात इ इस्लामी प्रमुख

पाकिस्तानी प्रधानमन्त्री एक अन्तर्राष्ट्रिय भिखारी : जमात इ इस्लामी प्रमुख

नेपाल पाना माघ १४ २०७८
  • 3.2K
    SHARES
  • पाकिस्तानी प्रधानमन्त्री एक अन्तर्राष्ट्रिय भिखारी : जमात इ इस्लामी प्रमुख

    इस्लामावाद । जमात इ इस्लामीका प्रमुख सिरजुल हकले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई एक अन्तर्राष्ट्रिय भिखारीको संज्ञा दिएका छन्।

    पाकिस्तानमा कोरोना महामारीलगायत विभिन्न कारण आर्थिक संकट उत्पन्न भएपछि पाकिस्तानी प्रधानमन्त्री खानले सहयोगका लागि हात फैलाइरहेका छन्।

    लाहुरमा चुनावी सभालाई सम्बोधन गर्दै हकले मुलुक ताजा जनादेशमा जानुपर्नेसमेत बताएका छन्। उनले अहिलेको सरकारले मूल्य वृद्धिप्रति ध्यान नदिएको र नागरिकका समस्या समाधानमा असफल भएको बताएका छन्। उनले पाकिस्तान र इमरान खान एकसाथ काम गर्न नसक्ने बताउँदै उनले राजीनामा दिुनपर्नेसमेत माग गरेका छन्।

    सन् २०२२ मा अन्य विभिन्न सरकारहरुले आफ्ना नागरिकहरुलाई विभिन्न कर छुट तथा सुविधान प्रदान गर्दै नयाँ वर्षको खुसीयाली मनाएकोमा पाकिस्तानी सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई आहात पुर्याएकोसमेत उनले बताएका छन्। उनले अहिलेको सरकार र प्रमुख विपक्षी दलले मुलुकमा शासन गर्न नसक्ने निष्कर्ष पनि सुनाएका छन्।

    यसअघि सरकारले ल्याएको आर्थिक विधेयकको पनि चर्को आलोचना गरिएको छ। अहिलेको सरकारले अर्थतन्त्रको आफू च्याम्पियन भएको दाबी गरे पनि कुनै परिवर्तन नभएको र उल्टै महँगी बढेको, बेरोजगारी बढेको, आतंकवादी घटनाहरु बढेको, मुलुकमा अल्पसंख्यकमाथिको विभेद बढेको बताएका छन्।

    यसअघि पाकिस्तान पिपुल्स पार्टीका नेता बिलवाल भुट्टो जरदारीले अहिले पाकिस्तान शताब्दिकै सबैभन्दा ठूलो संकटमा फसेको र यसको जिम्मेवार पाकिस्तनका अहिलेको सरकार भएको आरोप लगाएका थिए।

    माघ १४, २०७८ शुक्रवार ०८:०९:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend