Logo

बिहिवार, जेठ ५ गते २०७९

images

गृहमन्त्री खाडको पहलमा २९ जिल्लाका बाढीपहिरो पीडितले पाए राहत, १७ करोड बढीको सामग्री वितरण

गृहमन्त्री खाडको पहलमा २९ जिल्लाका बाढीपहिरो पीडितले पाए राहत, १७ करोड बढीको सामग्री वितरण

नेपाल पाना माघ १४ २०७८
  • 2.5K
    SHARES
  • गृहमन्त्री खाडको पहलमा २९ जिल्लाका बाढीपहिरो पीडितले पाए राहत, १७ करोड बढीको सामग्री वितरण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको पहलमा २९ भन्दा धेरै जिल्लामा रहेका बाढी र पहिरोपीडितहरूले राहत सामग्री पाएका छन् ।

    अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनमार्फत १७ लाख अमेरिकी डलरको सहायता सामग्री वितरण गरिएको हो । सहायता सामग्री झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही, चितवन लगायतका जिल्लामा राहत वितरण गरिएको छ ।

    ‘गृह मन्त्रीज्यूको पहलमा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा रुपन्देही जिल्लामा राहत वितरण कार्य भइरहेको छ’, राहत वितरणको संयोजन गरेका सञ्जीव बस्यालले जानकारी दिए ।

    रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका १ हजार ४५६ परिवारलाई राहत सामग्री उपलब्ध गराउने लक्ष्य छ । देवदह नगरपालिकामा मात्र राहत सामाग्री वितरण गर्न बाँकी छ । स्थानीय तहले सूचीकृत गरेका पीडितलाई राहत सामाग्री वितरण गरिएको बस्याले जानकारी दिएका छन् । एउटा परिवारलाई २५ केजी चामल, १० केजी आटा, १ किलो दाल, १ किलो चना, १ किलो चिनी, १ किलो नुन, साबुन, २/३ वटा ब्लैङ्केट लगायतका सामाग्री उपलब्ध गरिएको छ ।

    खाणले चुजी फाउन्डेसनसँग कुरा गरेपछि १७ लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राहत सामग्री वितरणमा सहजकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।

    माघ १४, २०७८ शुक्रवार ११:५९:१० बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend